यहाँ जागिर पाउनका लागि हाकिमका साथ डेट जानुपर्ने, तलब १ करोड बराबर

जागिर पाउनका लागि कुनै पनि व्यक्तिले पुरै मिहेनत गरेर अन्तवार्ता दिन जाने गर्दछ । पढाईका साथै कन्फिडेन्स लेभल पनि हाई बनाएर ऊ अन्तवार्ताका लागि जाने गर्दछ । तर एउटा कम्पनीले अन्तवार्ताका लागि एउटा यस्तो अनौठो तरिका सोचेको छ कि, यो सुन्दा जोकोही मानिसहरु पनि हैरान हुने गर्दछन् ।

अमेरिकाको डेटिङ एप हिंजले नयाँ ओपनिङ निकालेको छ । जसको तलब १ करोड रुपैयाँ बराबर रहेको छ । यो कम्पनीले आफ्ना कर्मचारीहरुलाई रेस्टुरेन्ट र बारको भत्ता पनि दिने गर्दछ । यहाँ जागिर पाउनका लागि उम्मेदवारहरुले हाकिमका साथमा डेट जानुपर्ने हुन्छ । र हाकिमलाई विश्वास दिलाउनुपर्ने हुन्छ कि, आफूले कम्पनीमा राम्रो व्यापार गरेर देखाउनेछुँ भनेर ।

यस डेटिङ कम्पनीले यस ओपनिङका लागि एउटा शर्त राखेको छ । खबरका अनुसार कम्पनीले एंटी रिटेन्सन स्पेशलिस्टको पद बनाएको छ, जुन रिलेशनशीप एक्सपर्टजस्तै रहेको छ । यस पदमा रहेर व्यक्तिले समस्याको समाधान निकाल्ने, डेट फिक्स गर्ने, डेटका लागि परफेक्ट ठाउँ खोज्ने, सञ्चारको काम गराउनुपर्ने हुन्छ ।

हिंजका कम्यूनिकेसन डाइरेक्टर जीन मेरी मेग्राथले भने, हामी भन्नुमा भन्दा पनि देखाउनमा विश्वास गर्ने गर्दछौँ । जो डेटमा सफल हुन्छ, उसलाई १ करोड रुपैयाँ बराबर तलबका साथै रेस्टोरेन्ट र बारको भत्ता पनि दिइन्छ ।

मेग्राथका अनुसार उम्मेदवारहरुले यस पदका लागि समाजशास्त्रमा पीएचडी अनिवार्य रुपमा गरेको हुनुपर्नेछ । यसका साथै उसले लभ, रिलेसनशीपका बारेमा अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यहाँ जागिर पाउनका लागि हाकिमका साथ डेट जानुपर्ने, तलब १ करोड बराबर"

Leave a comment