जब भुँइमा आफूले पोखेको कफी प्रधानमन्त्री आफैंले सफा गरे (भिडियोसहित)

हाम्रो जस्तो देशहरुमा प्रधानमन्त्री तथा ठूलाबडा मानिसहरुले घरायसी स्तरका कुनै काम गर्न हुदैन वा अझ साना काम उनीहरुले गर्न नै हुदैन भन्ने मान्यता रहेको छ । तर नेदरल्याण्डका प्रधानमन्त्रीले गरेको कामले विश्वभरीमा अधिक चर्चा पाइरहेको छ । उनको कामको भिडियो भाइरल भएसँगै आफूलाई ठूला ठान्ने मानिसहरुलाई सोच्न बाध्य बनाइदिएको छ ।

नेदरल्याण्डका डच प्रधानमन्त्री मार्क रुट हातमा कफी लिएर हिडिरहेका बेला उनको हातमा रहेको कप भुइँमा खस्यो र सबै कफी भुइँमा पोखियो । उनले भुँइमा पोखिएको कफी अरु मानिसहरुलाई आदेश दिएर सफा गर्नका लागि आदेश दिन पनि सक्थे तर उनले त्यसो गरेनन् । बरु पोखिएको कफी आफैले पोछा लगाएर सफा गरे । त्यहाँ आसपास रहेका मानिसहरु हेरेको हेरै भएका थिए ।

उनले पोछा लगाएको भिडियो आसपास रहेका मानिसहरुले खिचेर सामाजिक सञ्जालमा हाले । जुन केही छिनमा नै भाइरल भएको थियो । मानिसहरुले उनको उक्त भिडियो शेयर गर्दै उनको कामको प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्रीले यसो गरिरहँदा त्यहाँ उपस्थित सफाइ मजदुरहरुले ताली बजाइरहेका थिए । उनीहरु हर्षले गदगद देखिन्थे, किनकि प्रधानमन्त्रीले उनीहरुको कामको सम्मान गरिरहेका थिए ।

प्रधानमन्त्री रुट संसदको मिटिङका लागि बैठक कक्षतर्फ प्रवेश गरिरहेका बेला उनको हातमा कफीको कप रहेको थियो । जब उनी सेक्यूरिटी जाँचका लागि ढोकामा पुग्दा उनको हातमा भएको कप खस्यो र भुँइभरी कफी पोखियो । त्यसपछि उनी मुस्कुराए र क्लिनरको हातबाट वाइपर लिएर आफैँ त्यो सफा गर्न लागे ।

प्रधानमन्त्री रुटको यो काम र अवतार मानिसहरुलाई एकदमै मन पर्याे र विश्वभरका मानिसहरुले सबै प्रधानमन्त्री तथा राष्ट्स्तरीय मानिसहरुले पनि यस्तै कामको सम्मान गर्नुपर्ने भन्दै उनको भिडियो शेयर गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब भुँइमा आफूले पोखेको कफी प्रधानमन्त्री आफैंले सफा गरे (भिडियोसहित)"

Leave a comment