सडकमा उखरमाउलाे गर्मी खेप्दै उज्वल भविष्य खाेजीरहेका ‘लेडि ड्राइभरहरु’

भानुभक्त अाचार्य । धनगढी । धेरै बेर कुरेपछी बल्ल एउटा सनो गाडी देखा प¥यो । अगाडी सानी नानी च्यापेर एउटि अधबैंसे महिला आइन् । ‘कता जानू पर्नी ?’ उनने प्रश्न गरिन् । कोहि बोलेनन् । अगाडि राखेको बालक च्या..च्या.. कराइ रहेको थियो ।

‘कहाँ पुग्नु पर्ने होला, म पुर्याउनु’ उनले फेरि प्रश्न गरिन् । सडकमा उभिएका एक हुल चड्यौं । अटो हुइकियो बालक को च्या.. च्या.. रोकियो ।
उनको यहि दैनिकी सधैको हो । २ छोराछोरीलाई बिद्यालय पठाइ सकेपछि उनी आफ्नो दिनचर्यामा निस्किन्छिन् ।

 धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहराकी सुनीता चौधरी मुक्त कमैया हुन् । २०५७ सालका सरकारले कमैया मुक्त घोषणा गरेपछि ब्यवहारमा लागु हुन नसकेको उनले गुनासो गरिन् ।

‘तपाईहरु मेरो अटो चढ्न किन आनाकानी गर्नुभएको हो ?’ उनले प्रश्न तेर्साइन् । सबै अनुत्तरित भए । उनले फेरी आफै भनिन् ‘सायद महिला भनेर होला हैन ? सबै यस्तै गर्छन् ।’

चौधरीले बाटो भरी आफ्नो ब्यथा सुनाइन् । ‘श्रीमानको गतिलो इलम छैन् परिवार पाल्नै प¥यो, छोरा छोरीलार्इ पढाउनै प¥यो अनी ड्राइभर भएँ ।’ मुस्कुराउदै भनिन् ।

चौधरीका श्रीमान पनि मजदुरी गर्छन् तर उनको जती आम्दानी हुदोरहेन छ । उनले भनिन् ‘कहिले हजार, बाह्रसय,कहिले दुर्इ हजारसम्म पनी उठाएको छु ।’

चौधरीका तीन सन्तान छन् । दुर्इ जना स्थानीय बिद्यायमा अध्यन गरिरहेका छन् भने एक जना बालक उनले च्यापेरै हिड्ने गरेकी छन् । घरमा हेरिदिने कोही नभएपछि साँझ बिहान आफूसंगै लिएर जाने र दिउँसो गर्मी भएका कारण घरमै छोड्ने गरेको उनले बताइन् ।

धनगढीमा घर घडेरी किन्ने सपना 

सुरुमा आटो चलाउदा सबैले फरक दृष्टिकोणले हेर्ने गरेको उनले गुनासो गरिन् । ‘गाडी चलाउने त छोरा मान्छेको काम हो, आइमाइ भएपछि त घरको काम गरेर बस्सुनी कतिले यस्तै भन्थे’ उनले भनिनन् ।

‘मेरै अटोमा बसेर मेरै कुरा काट्नेहरुलाई यहि धनगढीमा घर घडेरी किनेर देखाउने मन छ’ उनले मलिन हुँदै भनिन् । दुई बर्षको अवधीमा ३ लाख जम्मा गरेको उनले बताइन् । यस्तै गरि जम्मा भए केही बर्षमै राजधानी बसी बन्ने उनको सपना छ ।

आत्मानिर्भरको बाटो
सामान्य आवश्यकताका लागि पनि पैसा माग्नु पर्ने र श्रीमानबाट अनेकौं शब्दहरु सुन्नुपर्ने दिनहरु नआएको अटो चलाक महिलाहरु बताउँछन् । उनिहरुले बरु अहिले श्रीमानको खर्च पनी आफैले उठाउने गरेको बताउँछन् ।

अहिले अटोरिक्सा महिलाहरुको आम्दानीको गतिलो स्रोत बनेको छ । बिहान बेलुका घर धन्दाको काम सकेर दिउँसो रिक्सा डुलाउँदै बजार आउनेहरुको संख्यामा ठुलै छ । धनगढी क्षेत्र भित्र मात्रै ४५ जना भन्दा बढी महिला चालक रहेका छन् । उनिहरुको प्रमुख आय स्रोत अटो रिक्सा बन्न पुगेको छ ।

धनगढी हसनपुरकी महिला अटो रिक्सा चलाक बसन्ती चौधरीले भनिन् ‘घर खर्च, छोरा छोरीको कापी किताब मात्रै होइन मैले त बचत पनी सुरु गरेकी छु ।’

अटोको किस्ता पनी आफैले तिरीरहेको उनले बताइन् । अटो रिक्सा जीवनयापनको स्रोत बनेको उनको भनाइ छ । सबैजसो महिला चालकले घरकोे सबै काम सकेर आत्मनिर्भरको लागि आटो चलाएको बताउँछन् ।

अटोको बजार मूल्य ४ लाखको हाराहारीमा छ । बैंकबाट रकम निकालेर प्राय महिलाहरुले अटोको चलाइरहेका छन् । अटोबाट आएका आम्दानीले, घर खर्च छोरा-छोरीको पढार्इ र अटोको किस्ता समेत तिरिरहेका छन् ।

आफ्नैले नचिनुन् भन्छन्तस्बिरमा (रीना चौधरी)

प्रदेश नम्बर सातको अस्थाइ मुकाम धनगढीको ब्यस्त सडकहरुमा सुनीता जस्तै ‘लेडि ड्राइभरहरु’ थुप्रै भेटिन्छन् । प्राय चौधरी समुदायका महिलाहरुले यो पेसा अगांले देख्न पाइन्छ ।

 अधिकांस पुरुषले हुंकाइरहने कहि कतै फाट्ट फुट्ट महिलाले पनी चलाएको देख्दा जिब्रो टोक्नेहरुको पनी कमि छैन यहाँ । धनगढी उपमहानगर पालिका १९ की रीना चौधरी पनी बिहानै देखी घाम नडुबुन्जेल धनगढीकै गल्लिहरुमा अटो कुदाइरहेकी भिटिन्छिन् ।

यहाँ गर्मी ह्वात्तै बढेको छ । गर्मी बढेपछी आखा मात्रै देखीने गरि अनुहार पुरै छेकेर अटो चलाइरहेकी चौधरी भन्छिन् ‘यसले थुप्रै काम गरेकाे छ ।’  ‘कहिले बाटोमा नातागोता फेला पर्दा समेत फलाक्न थाल्छन्’ उनले भनिन् ‘यसको कमी भाको छ, घाम र धुलोबाट त ठुलो राहत मिल्छ ।’
सुरु सुरुमा भेटिने आफन्तहरुले अटो चलाउनु भन्दा बरु घरधन्दा गरेर बस्न सुझाव दिएका उनले बताइन् ।

पैसा कमाउन थालेपछि माया पनि बढ्यो

लगातार तीन छोरी जन्माएकी सितामती चौधरीलाई परिवाका सदस्यहरुले बिगतमा जस्तो गर्न छाडे । छोरा नपाउएको भन्दै आफ्नै श्रीमानले समेत तिरस्कार गर्न थाले । घरमा राम्रो संग बोलचालै बन्द भयो ।

परिवारबाट एक्लिकी सिताले आटो चलाएर राम्रो आम्दानी गर्न थालेपछी परिवारसंग पुर्नमिलन भएको बताउँछिन् । ‘छोरा नपाएको भन्दै सबैले हेला गर्थे, श्रीमान पनी बेरोजगारी राती रक्सी खाएर मै माथि पोखिनुहुन्थ्यो, घर परिवारसंग वाक्क भएर अटो चलाउन थाले, अहिले घरको सबै खर्च मैलेने धानेकी छु ।’ उनले भनिन् ।

तीन छोरीहरुलार्इ आफ्नै खर्चमा बोर्डिङ स्कुल बढाइरहेको उनले सुनाइन् । राम्रो शिक्षा दिक्षा दिएर छोरीहरुलाइ छोरा सहरको बनाउने सितामतीको सपना छ ।

पुरूष चालकहरूकाे हेपार्इ (सम्झना चौधरी)
१ हजार ८ सय भन्दा बढि अटो रिक्सा चल्छन् धनगढी क्षेत्रमा । करिब ५० जनाको संख्यमा महिला अटो चालक रहेका छन् । घाँम उदाउनु भन्दा पहिले देखी रात नपर्दासम्म र कहिले काहीं झमक्क अधेरो हुदासम्म पनि सडकहरुमा अटो कुदिरहेका हुन्छ ।

प्राय महिलाहरु साझ र बिहानको समयमा घरकै काम गर्ने गरेको र दिउँसोको समयमा अटो चलाउने गरेको बताउछन् । तर कहिलेकांही यात्रु टाडा पु¥याउदा, टाडाबाट ल्याउदा, सवारी बिग्रदा सधैको समय भन्दा अबेर हुने गरेको उनीहरु बताउँछन् ।

साझपख बाटोभरी छरिएकाहरुबाट तर्किएर जानुपर्ने धनगढीकै सम्झना चौधरी बताउछिन् । दिनभरी पनी पुरुष चालकहरुले फरक ब्यवहार गर्ने गरेको उनी बताउँछिन् ।  ‘हामीलाई देखेपछी हरन बजाउने, आखाँ जुधाउने गर्छन्’ उनले भनिन् । ‘बाटो पनी छोड्दैनन् ।’

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सडकमा उखरमाउलाे गर्मी खेप्दै उज्वल भविष्य खाेजीरहेका ‘लेडि ड्राइभरहरु’"

Leave a comment