करण जोहरसँगको झगडाका बारे बाहुबलीका हिराे प्रभास पहिलोपटक बोले

एजेन्सी । करण जोहर र प्रभासका बीचमा झगडा भएको भन्ने खबरहरु केही दिनदेखि भारतीय सञ्चार माध्यमहरुले प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

हालका दिनमा बाहुबली एक्टर प्रभास आफ्नो आगामी फिल्म ‘साहो’ को सुटिङमा व्यस्त रहेका छन् । उनले अबुधाबीको शेड्यूल पुरा गरेका छन् । फिल्ममा प्रभासको एकदमै धेरै एक्सन सीन रहेको बताइएको छ ।

प्रभाससँग हाल ‘साहो’ का अलावा अरु कुनै पनि फिल्म छैन । उनी एकपटकमा एउटा मात्र फिल्ममा फोकस गर्ने गर्दछन् । खबरका अनुसार बलीउड फिल्म निर्माता तथा निर्देशक करण जोहरले प्रभास आफ्नो फिल्मबाट बलीउडमा डेब्यू गरुन भन्ने चाहिरहेका थिए । यसका लागि करणले उनलाई दुईपटकसम्म अप्रोच गरेका थिए । तर दुईपटक नै प्रभासले उक्त अफरलाई अस्वीकार गरे ।

खबरका अनुसार पहिले प्रभासले करणसँग अधिक फीस मागेका थिए, जुन रकम दिनका लागि करण असमर्थ भएका थिए । त्यसपछि जब दोस्रोपटक करणले प्रभासलाई अप्रोच गरे, तब प्रभासले हाल आफूसँग समय नभएको भन्दै उनको अफर अस्वीकार गरेका थिए । यो विषयमा पहिलोपटक प्रभासले मुख खोलेका छन् ।

खलीज टाइम्सलाई दिइएको अन्तवार्तामा प्रभासले भने, ‘यस्तो केही पनि होइन । करणले मलाई कल गरेर भनेका थिए कि मिडियामा केही गलत समाचारहरु आइरहेका छन् । हामीबीचमा कुनै पनि प्रकारको लडाई भएको छैन । हाम्रो सम्बन्ध एकदमै राम्रो रहेको छ, किनकि हामीले ४ बर्षसम्म ‘बाहुबली’ फिल्ममा एकसाथ काम गरेका थियौँ ।’

उनले थपे, ‘निर्देशकका रुपमा मलाई करण एकदमै मनपर्छ र उनको ‘कुछ कुछ होता हें’ मेरो मनपर्ने फिल्ममध्येको एक हो । फिल्ममा प्रभासको कोस्टारका रुपमा बलीउड नायिका श्रद्धा कपूर रहेकी छिन् । फिल्ममा उनको पनि महत्वपूर्ण भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "करण जोहरसँगको झगडाका बारे बाहुबलीका हिराे प्रभास पहिलोपटक बोले"

Leave a comment