धुम्बाराही र पेरिसडाँडामा अाेली-दाहाल पुग्दा के-के भयाे (फाेटाे फिचर)

काठमाडाैं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले पूर्ववर्ती दुवै पार्टीकाे मुख्यालय अवलाेकन गरेका छन् ।

शुक्रबार अपरान्ह दुर्इ अध्यक्षसहितका नेताहरू एमालेकाे पहिलेकाे मुख्यालय धुम्बाराही पुगेका थिए । जहाँ अहिलेका लागि नेकपाकाे अस्थायी कार्यालय मानिएकाे छ । दुर्इ नेताले त्यहा करिब १ घण्टा बिताएका थिए ।

धुम्बाराहीमा अाेली र दाहालका लागि एउटै साेफामा बस्ने व्यवस्था मिलार्इकाे थियाे । त्यस पछि नेताहरू माअाेवादी केन्द्रकाे पहिलेकाे पार्टी कार्यलय पेरिसडाँडा पुगेकाे थियाे । त्यहा नेताहरूलार्इ सयपत्रिकाे माला लगाएर स्वागत गरिएकाे थियाे ।

पेरिसडाँडामा दुर्इ अध्यक्षका लागि दुर्इ अाेटा उस्तै कुर्सी राखिएकाे थियाे । कुर्सी अगाडीकाे टेबलमा रहेका दुवै नेताकाे नाम प्लेटमा अध्यक्ष लेखिएकाे थियाे ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "धुम्बाराही र पेरिसडाँडामा अाेली-दाहाल पुग्दा के-के भयाे (फाेटाे फिचर)"

Leave a comment