यो हो विश्वको सबैभन्दा महंगो हेडफोन, आवाज सुन्दा स्वर्गको महसुस हुने

बजारमा ब्रान्ड र गुणस्तर अनुसारका फरक फरक हेडफोन पाइने गर्दछ । मानिसहरुले आफ्नो आर्थिक हैसियत र रुचीअनुसारका हेडफोन किन्ने गर्दछन् । तर पनि पछिल्लो समय बजारमा एकभन्दा अर्काे राम्रो लेटेस्ट भर्जनका हेडफोन बजारमा आएका छन् तर त्यसमध्येको सबैभन्दा उत्कृष्ट कु हो भनेर छान्नका लागि मानिसहरु अलमलिने गर्दछन् ।

प्रायः मानिसहरु सस्तो सामानको चक्करमा फालतु चीजहरुले घर भर्ने गर्दछन् र पछि पछुताउने गर्दछन् तर केही मानिसहरु महंगा सामान किनेर पनि सन्तुष्ट हुदैनन् । उनीहरु उत्पादक कम्पनीहरुलाई लिएर नै सन्तुष्ट हुदैनन तर बनजारमा एउटा यस्तो कम्पनीको उत्पादन पनि रहेको छ, जसको एकपटक प्रयोग गर्दा उसले जीवनभरका लागि त्यो नामक सायद बिर्सन सक्दैन ।

एउटा विश्वको सबैभन्दा महंगो हेडफोन रहेको छ । यो लन्च भएको करिब ३ बर्ष भइसक्यो । यसको हालैमा पोष्ट गरिएको एउटा भिडियोले धुम मचाइरहेको छ । यो जर्मनीको अडियो ब्रान्ड कम्पनी ‘सेनहाइजर’ को हेडफोन रहेको छ । सन् २०१५ मा यसको सामाजिक सञ्जालमा यति धेरै चर्चामा रहेको थियो कि, मानिसहरु एकपटक मात्र भएपनि यसको प्रयोग गर्न चाहन्थे ।

त्यो क्रेज त्यसैले पनि हुनसक्छ कि, त्यस समयमा नै उक्त हेडफोनको मूल्य ५० हजार डलर अर्थात् करिब ५० लाख रुपैयाँभन्दा पनि बढी रहेको थियो । यो हेडफोनमा अरुमा भन्दा खास विशेषता पनि रहेका छन् ।

यसमा साउन्ड म्यानेज गर्नका लागि छुट्टै एम्लिफायर बक्स रहेको छ । त्यसले आजावको तहलाई व्यवस्थाापन गर्ने गर्दछ । यस हेडफोनलाई लग्जरी मार्बल बक्समा फिट गरिएको छ । जसमा साथमा एम्लिफायर पनि जोडिएको हुन्छ । यसको डिजाइन यति राम्रो रहेको छ कि, देख्नेजति मानिसहरु त्यसलाई एकपटक आफ्नो जीवनमा प्रयोग गर्न चाहन्छन् ।

त्यसको बाहिरी बनावट मात्र नभई आवाज पनि यति राम्रो र क्लियर रहेको छ कि, मानिसहरु त्यसमा आफ्नो मनपर्ने धुन सुन्दा स्वर्गको अनुभूति गर्ने गर्दछन् । त्यसैले पनि यो हेडफोनलाई खास मानिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "यो हो विश्वको सबैभन्दा महंगो हेडफोन, आवाज सुन्दा स्वर्गको महसुस हुने"

Leave a comment