औद्योगिक क्षेत्र विकासका लागि महत्वपूर्ण योजना तयार-अर्थमन्त्री खतिवडा

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले औद्योगिक क्षेत्रको विकासका लागि सरकारले महत्वपूर्ण योजना तयार गरेको बताएका छन । काठमाडौंमा जारी नेपाल ट्रेड समिटमा बोल्दै उहाले आर्थिक विकासका लागि औद्योगिक नीति समयानुकूल बनाइने र त्यसका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको बताउनुभएको हो ।

आयातमा मात्र भर पर्दा स्वदेशी उद्योगधन्दा धराशायी बन्दै गइरहेको उहाको भनाई छ । अन्य देशसंगको व्यापारघाटा न्युनिकरण गर्दे लैजाने सरकारको योजना रहेको सुनाउदै उहाले स्वदेशी उद्योगधन्दाबाट उत्पादीत वस्तुको बजारीकरणलाई ध्यान दिईने उल्लेख गरे ।

स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले नेपाल ट्रेड समिटको आयोजना गरिएको हो ।

स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको समिटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "औद्योगिक क्षेत्र विकासका लागि महत्वपूर्ण योजना तयार-अर्थमन्त्री खतिवडा"

Leave a comment