खुल्लमखुल्ला आलिया भट्टप्रति आफ्नो माया यसरी दर्शाए रणबीर कपूरले

बलीउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टका बीचको प्रेमसम्बन्धको चर्चाले भारतीय मिडियाहरुमा राम्रै स्थान पाइरहेको छ । उनीहरुले आफ्नो बयान मार्फत नै यि कुराहरुको केही प्रमाण दिइरहेका छन् । अझ सोनम कपूरको रिसेप्सन पार्टीबाट रणवीर र आलियाको सम्बन्धका बारेमा बढी खुलासा भएको थियो । उनीहरु उक्त पार्टीमा साथै पुगेका थिए र एकसाथ पनि देखिएका थिए ।

उनीहरुले मिडियालाई दिएको अन्तवार्ताका माध्यमबाट पनि उनीहरु सम्बन्धमा रहेको कुराको अनुमान लगाइएको छ । उनीहरुले एक अर्कालाई डेट गरिरहेको पनि भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपी उनीहरुले आफ्नो सम्बन्धका बारेमा मिडियामा भने स्वीकार गरेका छैनन ।

तर हालैमा एउटा भारतीय च्यानललाई दिएको अन्तवार्तामा रणवीरले आलियाका बारेमा एउटा यस्तो कुरा भनेका छन्, जसबाट उनीहरु प्रेम सम्बन्धमा रहेको भन्ने कुराको केही हदसम्म प्रमाण हुनसक्छ ।

रणवीरले उक्त अन्तवार्तामा भने, ‘एउटा केटाका रुपमा मेरो आलियामाथि क्रश छ ।’ रणवीर कपूरको यो बयानले आलिया र उनको सम्बन्धको खबरहरुमा एउटा प्रमाणको रुपमा काम गरिरहेको छ । उता जब रणवीरसँग आलियाको ‘राजी’ फिल्मका बारेमा सोध्दा उनले भने, ‘मैले एक हप्ता पहिले फिल्म हेरे, यो भारतीय सिनेमाका उत्कृष्ट फिल्महरुमध्येको एउटा हो ।’

केही दिन पहिले भारतीय मिडियाले रणवीरको नाम लिएर सोध्दा आलियाको अनुहारको रंग नै बललिएको थियो । आलिया एउटा च्यानलमा आफ्नो फिल्म राजीको प्रमोशनका लागि पुगेकी थिईन् । त्यहीँ क्रममा आलियासँग सोधियो कि, आजकल तपाईको एउटा केटासँग कयौँ तस्बिरहरु छापिइरहेका छन्, यसमा तपाई के भन्नुहुन्छ? तब आलियाले को हो त्यो केटा भनेर सोधिन् । त्यसपछि जसै रणवीर कपूरको नाम लिइयो उनी आफ्नो अनुहार छोपेर लजाइन् र भनिन्, मेरो अनुहार रातो भएको छ, त्योभन्दा पहिले नै कन्टेल गर्ने प्रयास गरिरहेकोे छुँ ।

माया लुकाएर लुक्दैन, यो कुरा त तपाईहरुले सुन्नु नै भएको होला । त्यस्तै आलिया र रणवीरको प्रेम सम्बन्धका बारेमा पनि बिस्तारै खुलासा हुदै गइरहेको छ । अब छिट्टै नै आलिया र रणवीर ‘ब्रम्हास्त्र’ फिल्ममा एकसाथ देखिदैछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "खुल्लमखुल्ला आलिया भट्टप्रति आफ्नो माया यसरी दर्शाए रणबीर कपूरले"

Leave a comment