रूपनारायण भट्टराईलाई यातायात व्यवस्था विभागकाे महानिर्देशकबाट हटाइयाे

काठमाडाैं । यातायात क्षेत्रमा जरा गाडेर बसेकाे सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागकाे जिम्मेवारीबाट हटाइएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको निर्देशनमा भट्टराईलाई विभागबाट मन्त्रालयमा तानिएको हो। मन्त्रालयका कर्मचारीले भट्टरार्इलार्इ विभागबाट नतान्न मन्त्रीकाे ध्यानाकर्षण गराएका थिए । त्यसाेत उनीहरूले मन्त्रीकाे बिहिबारकाे निर्णयलार्इ असहयाेग पनि गरेका थिए । तर शुक्रबार भट्टरार्इ मन्त्रालय तानिएका छन् ।

यातायात क्षेत्रमा ब्याप्त सबैखाले समस्याहरू समाधान गर्न याेजनाबद्ध रूपमा लागेका महानिर्देशक भट्टरार्इलार्इ सहयाेगकाे साटाे मन्त्रीले कारबाही गरेका हुन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "रूपनारायण भट्टराईलाई यातायात व्यवस्था विभागकाे महानिर्देशकबाट हटाइयाे"

Leave a comment