पार्टी एकता फगत भागबण्डाकाे लागि हाे – नारायणमान बिजुक्छे

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रूपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे। उनले रूसको कम्यूनिष्ट पार्टी संख्यात्मक रूपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरूले बुझ्नु पर्ने बताए । हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उनकाे भनार्इ छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पार्टी एकता फगत भागबण्डाकाे लागि हाे – नारायणमान बिजुक्छे"

Leave a comment