केहीबेरमा एमाले स्थायी कमिटि बैठक बस्दै,अाकस्मिक केन्द्रीय समितिकाे बैठक पनि अाह्वान

काठमाडाैं । माअाेवादी केन्द्रका अध्यक्षसंग पार्टी एकताका विषयमा घनिभुत छलफल गरे पछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अाेलीले अाज साँझका लागि पार्टीकाे स्थायी समिति बैठक बाेलाएका छन् ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने स्थायी समितिकाे बैठकमा प्रचण्डसंग भएकाे पार्टी एकता छलफलकाे विषय र सहमतिबारे अाेलीले जानकारी गराउने छन् ।

साँझकाे स्थायी कमिटि पछि एमालेले भाेली बिहानका लागि अाकस्मिक केन्द्रीय समितिकाे बैठक समेत बाेलाएकाे छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्षले पार्टी एकताबारे जानकारी गराउने एमाले कार्यलय सचिव कृष्णगाेपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "केहीबेरमा एमाले स्थायी कमिटि बैठक बस्दै,अाकस्मिक केन्द्रीय समितिकाे बैठक पनि अाह्वान"

Leave a comment