दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुबै सदस्यको मृत्यु

मकालु एयरलाइन्स

काठमाडाैँ, जेठ २ । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

बुधबार बिहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका भेटिएको छ। सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो ।

9-NA-AJU कल साइनको जहाज ६ बजेर ५५ मा सिमिटाेकट अवतरण हुनुपर्नेमा जहाज करिब साडे २ घण्टा बेपत्ता भएकाे थियाे । दुर्घटनामा चालक दलका दुबै सदस्यको निधन भएको छ। मृत्यु हुनेमा किरण भट्टराई र  आदित्य नेपाली रहेका छन्। नेपाली सेना र माउन्टेन हेलिकप्टरका दुई जहाज र नेपाल प्रहरीको सहयोगमा विमान खोजी गरिएको थियो।

(त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्राेतका अाधारमा तयार पारिएकाे अघिल्लाे समाचारले पर्न गएकाे असरप्रति क्षमा चाहान्छाैँ ।)

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज, चालक दलका दुबै सदस्यको मृत्यु"

Leave a comment