निर्माणाधीन आकासे पुल भत्किदा १८ जनाको मृत्यु, ५ जना घाइते

उत्तर भारतमा सडकमाथि निमार्णाधीन फ्लाइओभरको बीम खस्दा १८ जनाको मृत्यु भएको छ । उक्त घटनामा ५ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा पर्ने वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको हो ।

उक्त बीम २०० मिटर लामो र १०० टन तौलको रहेको थियो । जसले २ वटा कार, एउटा मिनीबस, एउटा अटोरिक्सा, मोटरसिाइकल समेत कयौँ पैदल यात्रीहरु थिचिएका थिए ।

उत्तर प्रदेश पुल निगमले २ हजार २६१ मिटर लामो यो फ्लाइओभर १२९ करोड भारुमा निर्माण गरिरहेको थियो । फ्लाइओभरको जुन भाग खसेको छ, त्यो तीन महिनाअघि नै निर्माण सम्पन्न भइसकेको थियो । आकासे पुलमाथि राखिएका स्ल्याबलाई जोड्ने काम भइरहेको थियो तर त्यसमुनिबाट गाडी चलाउन रोक लगाइएको थिएन ।

प्रदेश सरकारले ४८ घण्टाभित्र घटनाको जाँचबुझ गरी दोषिलाई कारवाहीको सिफारिस गर्न निर्देशन दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ । तीन जनालाई भने थिचिएको ठाउँबाट सकूसल उद्दार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "निर्माणाधीन आकासे पुल भत्किदा १८ जनाको मृत्यु, ५ जना घाइते"

Leave a comment