क्षमता भन्दा धेरै यात्रु बाेकेर तिब्र गतिमा गुडेकाे बस सडकमा पल्टियाे,५० यात्रु घाइते

महाेत्तरी । जलेश्वर –जनकपुर सडकखण्डमा मंगलवार बस पल्टिदा हुँदा ५० जना भन्दा बढी यात्रु घाईते भएका छन् । भिट्ठामोडबाट जनकपुर तर्फ गइरहेको ज.१ख.७०१ नम्बरको यात्रुबाहक बस जलेश्वर नगरपालिका ९ स्थित परिकौली चौकमा पल्टिदा ५० जना भन्दा बढी यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

सो बस दुर्घटनामा गंभिर घाईते भएका ७ जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने अन्यको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका यात्रुहरुका अनुसार सो बसमा १ सय बढी यात्रुहरु कोचिएर लगिरहेको थियो र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटोको छेऊमै रहेको खाल्डोमा बस दुर्घटना भएको थियो ।

बस दुर्घटना भए लगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारीहरु फरार भएका छन् भने घटना स्थलमा नेपाली सेना, स्थानिय र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाहरुको उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "क्षमता भन्दा धेरै यात्रु बाेकेर तिब्र गतिमा गुडेकाे बस सडकमा पल्टियाे,५० यात्रु घाइते"

Leave a comment