‘भूई चलेको कालो दिन थियो त्यो ! बिपद ल्याउन काफी एकछिन थियो त्यो….!!’

 काठमाडाैँ । बि.स. २०७२ वैशाखमा आजकै दिन गएको विनाशकारी भूकम्पका कारण देशकाे ३१ जिल्ला प्रभावित बन्याे । जस मध्ये पनि १४ जिल्ला भूकम्प विनाशबाट अतिप्रभावित बनेका थिए ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका निरन्तर पराकम्पका कारण ८ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भए । भूकम्पका कारण करीब ७ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको सरकारी अनुमान छ ।

बि.स. १९९० साल पछिकाे सबै भन्दा ठूलाे विनाशकारी भूकम्पले जन,धन र मनमा विनाशकाे टाटाे बसालेर गयाे । परिवार,समाज र देशकाे सेताहरूलार्इ भाैतिक रूपमा क्षतविक्षत बनाएकाे विनाशकारी भूकम्प भएकाे दिनलार्इ सम्झेर नेपाल जर्नलका नियमित स्थम्भकार सुभाष चन्द्र पोख्रेल लेख्छन्-

भूई चलेको कालो दिन थियो त्यो !
बिपद ल्याउन काफी एकछिन थियो त्यो !!

क्षणभरमै निल्यो हजारौ जीवनहरू !
रुवाइ रुवाइ छोड्यो हजारौ लाखौ अरु !!

ढले सम्पदा शिर क्षेदन झै पल भरमा !
मान्छे होइन त्रास मात्र बस्यो हरेक घरघरमा !!

ताण्डब प्रकृतिको हो तर मतियार हामी नै हौ !
अब यस्तो बिपद जित्ने हतियार पनि हामी नै हौ !!

प्रण मात्र धेरै भयो काम गरेरै देखाउनु छ !
बिपद को बज्र माथी समृद्धि लेखाउनु छ !!

लेखक: सुभाष चन्द्र पोख्रेल

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "‘भूई चलेको कालो दिन थियो त्यो ! बिपद ल्याउन काफी एकछिन थियो त्यो….!!’"

Leave a comment