नायिका प्रियंका कार्की बग्गीमा चढेर जब लगनखेलबाट निस्किइन्..

काठमाडाैँ । साेमबार नेपाली चलचित्र क्षेत्रकी चल्तिकी नायिका प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता बग्गीमा चढेर लगनखेलबाट निस्किए ।

दिउँसाे थापाथली हुँदै त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक भएर उनीहरू भृकुटीमण्डप पुगे उनीहरूकाे याे शैलि देखेर सडकमा अाम नागरिक भने अचम्मभित भए ।

अाखिर किन प्रियंका र गुप्ताले किन बग्गीमा सहर घुमे भन्ने प्रश्नले सबैलार्इ कुत कुत्यायाे । तर कारण उनीहरूकाे फिल्मकाे प्रचार । चलचित्र‘ह्याप्पी डेज’ ले यस्तै फरक शैली अपनाएर अाज सिनेमा चाडै हलमा अाउँदै छहै भन्ने सन्देश दियाे । ‘ह्याप्पी डेज’को टिमले आज कलाकारलाई बग्गीमा चढाएर सहर घुमाएको हो।

प्रियंका कार्की र सञ्जय गुप्ताले लिड गरेकाे चलचित्र ‘ह्याप्पी डेज’ अप्रिल २७ मा रिलिज हुँदैछ। सञ्जय र प्रियंकाका अलावा दयाहाङ राई,शिशिर राणा,दिया पुन, विक्की जोशी आदिले सिनेमामा अभिनय गरेका छन् । वीपि खनाल निर्माण रहेकाे चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नायिका प्रियंका कार्की बग्गीमा चढेर जब लगनखेलबाट निस्किइन्.."

Leave a comment