पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा डेब्यु गर्दै, पहिलो फिल्ममै चर्काे पारिश्रमिक

पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । उनीहरु मिस नेपालको ताज भिरेपछि फिल्म क्षेत्रमा प्रवेश गर्ने गर्दछन् । यसैबीच २०१७ की मिस नेपाल निकिता चण्डक पनि फिल्ममा डेब्यु गर्न तयार भएकी छिन् ।

उनले फिल्म ‘रानीमहल’ बाट फिल्मी क्षेत्रमा प्रवेश गर्न लागेकी हुन् । खबरअनुसार आइतवार उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ । यसअघि उक्त फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । उनले फिल्मबाट हात झिकेपछि निकिताले प्रवेश पाएकी हुन् ।

त्यस्तै उनको फिल्ममा प्रवेशका साथै उनको पारिश्रमिक पनि चर्चाको विषय बनेको छ । केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘कायरा’ मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । यस्तै केदार घिमिरे ‘माग्ने बुढा’ ले पनि १० लाख पारिश्रमिक लिएपछि यसले हंगामा नै मच्चायो ।

अब ‘रानी महल’ मा अनुवन्धित भएकी निकिताले १० लाख पारिश्रमिक लिएको खबर आएको छ । जुन पारिश्रमिक दिन निर्माणपक्ष तयार भएको बताइएको छ ।

अब केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । फिल्मका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।

फिल्ममा प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुवन्धित गरेको छ । साइन गरिसकेपछि प्रशान्तले पनि यो फिल्म बीचमै छाडेका थिए । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्देछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पूर्व ‘मिस नेपाल’ निकिता फिल्ममा डेब्यु गर्दै, पहिलो फिल्ममै चर्काे पारिश्रमिक"

Leave a comment