अधिनायकवाद शुरु भइसक्यो -सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

उनले भने , “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने , “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उहाँले काम हेर्ने बताए।

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।
–––

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अधिनायकवाद शुरु भइसक्यो -सभापति देउवा"

Leave a comment