एमाले, माओवादी एकता ः एकातिर टाल्यो, अर्कोतिर उध्रिन्छ

बैसाख ९ गते पार्टी एकीकरण हुने यस अघि घोषणा भएपनि नौ गते आउन ६ दिन रहँदा पार्टी एकीकरण मुद्दा पेचिलो बनेको छ । सयुक्त घोषणापत्र मार्फत चुनावमा होमिएका दुई बामपन्थी दललाई जनमत दिएर जनताले अनुमोदन गरेपछि एकीकरण गर्नैपर्ने दवावमा उनीहरू छन । एकीकरणको सैद्धान्तिक आधारमा खासै बेमल नभए पनि पार्टी नेता र कार्यकर्ता व्यवस्थापनमा चुनौति देखिएको छ ।

लोकतान्त्रिक प्रतिष्पर्धात्मक प्रणालीमा २७ बर्ष अघि प्रबेश गरिसकेको एमाले र २०६२,६३ को आन्दोलनपछि सोही कित्तामा आइपुगेको माओवादी केन्द्रको चुनौति भन ेकै नेता व्यवस्थापन नै हो । हाल नमिलेको भनिएको चुनाव चिन्ह सूर्यमा माओबादीले ओके भन्न सक्छ भने जनयुद्ध शव्दलाई एमालेले मानिदिन सक्छ ।

गत संघीय निर्वाचनमा ६०,४० को भागबन्डासहित चुनावमा होमिएका दुई दल चुनावको नतिजापछि भने भने ७० , ३० को अवस्थामा आइपुगे । प्रधानमन्त्री चयनको बेला पालैपालो सरकारको नेतृत्व गर्ने चर्चा भएपनि एमाओवादी अध्यक्ष प्रचण्डले पालैपाले सरकार चलाउने कुरा सहमतिमा छैन भनिदिए, त्यो चर्चा सेलायो । त्यसपछि मन्त्रालय भागबन्डा पनि लगभग यही अनुपातमा भयो ।

धेरै समय लगाएर पार्टी एकताका लागि गठित कार्यदलले दुवै दलका अध्यक्षलाई सह अध्यक्ष रहने नेपाल कम्युनिष्ट पार्टी रहने गरि पार्टीको नाम समेत सिफारिस ग¥यो । यसपछि दुवै पार्टीका नेतादेखि कार्यकर्तासम्म पार्टी एकताप्रति बिश्वस्त देखिए । र, बैशाख नौ गते पार्टी एकीकरणको मिति तोकिदा उत्साहित पनि बने ।

तर, पार्टी एकताको लागि जति मिति नजिकिदै छ, त्यति सजिलै एकता नहुने बाताबरण बन्दै छ । माओवादी कार्यकर्ताहरू पार्टी एमालेमा बिलय हुने चिन्तासहित अध्यक्षलाई दवाव दिइरहेका छन । उनीहरू सम्मानजनक एकताबिना एकीकरणमा जानै हुँदैन भनेर सुझाइ रहेकाछन । सरकार सन्चालनमा बिशेषगरी सचिव सरूवामा प्रधानमन्त्रीले देखाएको रवैयाले प्रचण्ड पनि प्रधानमन्त्रीसँग संशकित छन। बराबर हेसियतमा एकीकरण नहुँदा आगामी अबिधेशनमा अल्पमतमा परिने भय माओवादीलाई छ ।

माधव नेपालको साथ लिएर एकीकरणमा जाने माओवादीको योजना पनि कामयाव देखिएको छैन । किनभने नेता नेपालले पछिल्ला दिनमा अध्यक्ष ओलीलाई नै साथ दिइरहेका छन । माधव नेपाल ओली तर्फ ढल्कनुलाई माओवादीले नेपालले भावी पार्टी अध्यक्षको बचन पाइसकेको अनुमान गरेका छन । शुरूको दिनमा माओवादी र एमालेका नेपाल गुटका मानिसहरू जति उत्साहित थिए, आजको दिनमा त्यति उत्साहित छैनन । माओवादी पक्षका आशंका घाम जस्तै छर्लङ्ग छ, तर, एमालेको आशंका भन्दा पनि योजना अलिक अर्मूत छन ।

माओवादीले बराबर हैसियतमा एकीकरण गर्ने दावी प्रस्तुत गरेको बिषय अहिले सतहमा आएको छ । त्यो सिधै माओवादीको अस्तित्वसँग जोडिएर उठाएको माग हो । एमालेले पार्टीमा दुइजना सह अध्यक्ष रहेपनि कार्यकारी भुमिकाको सह अध्यक्ष भने केपी ओली नै हुन भन्ने मनसाय राख्छ । पार्टी एकता चुनाव ताका भएको भागबन्डाकै आधारमा होस भन्छ एमाले न कि पचास पचास हैसियतको ।

७०, ३० को भागबन्डामा एकीकरण गर्ने र अर्को महाधिबेशनबाट एमाले नेताकै नेतृत्वमै पार्टीको कमान ल्याउने धेय एमालेको छ, जुन मुखरीत छैन । यही ललिपप सायद माधव नेपालले देखिरहेका छन । तर, अहिले एमालले प्रचण्डले प्रधानमन्त्रीको आलोपालेको लागि लिखित जवाफ मागेको आरोप लगाउन थालेको छ ।

यिनै कुरा नमिलेर अवाक भएका प्रचण्डले एमाले नेतृत्वलाई घुर्काउने शैलीमा एकदिनको सुकुटे यात्रा गरेर आज फर्केका छन । तर गर्ने के ? जनताको म्यान्डेट मिल्नुको बिकल्प छैन । त्यही भएर सिकुटेबाट सिधै बालुवाटार पुगेका छन । त्यहाँ के पाक्छ, समयले वताउने नैछ । एमालेले पनि आज अपरान्ह पार्टी स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको छ ।

प्रचण्डसँगको कुराकानीलाई मध्यनजर गर्दै एमालेले स्थायी समिति बैठक बोलाइएको छ । दुबै पार्टी एकताको संघारमा भएपनि जनयुद्ध, पदीय बाँडफाँट र चुनाव चिन्हका विषयमा अझै कुरा मिल्न नसक्दा प्रधानमन्त्रीमा माओवादीले धोका दिएपछि संसदमा तत्कालीन प्रधानमन्त्री ओलीले भनेको बाक्य सस्मरण भएको छ, एकातिर टाल्यो, अर्कोतिर उध्रिन्छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "एमाले, माओवादी एकता ः एकातिर टाल्यो, अर्कोतिर उध्रिन्छ"

Leave a comment