अमेरिकालाई पुटिनको चेतावनीः यदि अमेरिकाले फेरी सिरियामा आक्रमण गरे बवाल हुन्छ

सिरिया आक्रमणको विषयलाई अमेरिका र रुसबीच चलिरहेको जुहारी रोकिने कुनै संकेत देखिएको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिदै भनेका छन्, ‘अमेरिकाले सिरियामा फेरि कुनै सैन्य कारबाही गर्छ भने निश्चित रुपमा विश्वमा अराजकता मच्चिनेछ ।’

डूमामा भएको रसायनिक हमलापछि शनिबार अमेरिका, फ्रान्स र व्रिटेनले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए ।

यद्यपी रुसले आफ्नो आधिकारीक बयानमा पहिलादेखि नै यस्तो कारबाहीको आलोचना गर्दे आईरहेको थियो । तर पहिलोपटक पुटिन स्वयमले अमेरिकालाई सिरियामाथि अरु कुनै पनि कारबाही नगर्नका लागि चेतावनी दिएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयबाट जारी बयानमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले जोड दिएर भनेका छन् कि, यदि राष्ट्रसंघको चार्टरको उल्लंघन गरेर यस्ता कारबाही भइरहने हो भने निश्चित रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति पैदा हुनसक्छ ।’

बयानका अनुसार पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच फोन वार्ता भएको र दुबै नेताले शनिबार भएको सिरिया आक्रमणपछि सिरियामा जारी संघर्षको राजनीतिक समाधान खोज्ने प्रयासमा अधिक मात्रामा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

सिरियाको दमिश्क र होम्समा गरेको सैन्य कारबाही पछि अमेरिका अब अर्काे तरिकाले सिरियाका बशर अल असद सरकारलाई दबाव दिने प्रयास गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले अमेरिकी सिरिया सरकारसँग जोडिएका रुसी कम्पनीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएकी छिन् । अमेरिकाको एउटा स्थानीय टिभी च्यानललाई दिइएको एउटा अन्तवार्तामा निकी हेलीले अमेरिकाले सोमबारदेखि सिरिया सरकारको कथित रसायनिक हमलामा उसको सहयोग गरिरहेका रुसी कम्पनीहरुमाथि आर्थिक प्रतिबन्ध लगाउने बताएकी हुन् ।

सिरिया आक्रमणलाई लिएर संयुक्त राष्ट्संघसँग निन्दा प्रस्ताव हासिल गर्नमा असफल रहेको रुसले अमेरिकाको यस कारबीलाई लिएर विरोध गरिरहेको छ ।

यसको जवाफमा रुसको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशक एवगेनी सेरेब्रेनिकोवले भने रुस यो प्रतिबन्धका लागि तयार रहेको बताएका छन् ।

रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार उनले आफ्नो आधिकारीक बयानमा भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पैदा गर्न सक्छ । तर, हामीलाई भन्दा धेरै अमेरिका र युरोपलाई नोक्सान पुर्याउनेछ ।’

केही खबरका अनुसार उक्त बमबारीपछि रुस र अमेरिकाबीच अब अन्तराष्ट्यि सम्बन्धको स्तरमा समेत प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अमेरिकालाई पुटिनको चेतावनीः यदि अमेरिकाले फेरी सिरियामा आक्रमण गरे बवाल हुन्छ"

Leave a comment