२१औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको भीड, तीन दिनमा ५५ लाख भन्दा बढीको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताहरुको भीड लागेको छ । एक्स्पोमा करिव ४७ हजारले अवलोकन गरेका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा सञ्चालित एक्स्पोमा तीन दिनमा ५५ लाख भन्दा बढिको कारोवार भए को फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा चैत ३० गते देखि सञ्चालन भईरहेको एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्य रहेको छ ।

मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "२१औं फ्लोरा एक्स्पोमा अवलोकनकर्ताको भीड, तीन दिनमा ५५ लाख भन्दा बढीको कारोवार"

Leave a comment