आगलागीबाट दुई घर नष्ट, बीस लाख बराबरको क्षति

प्रतिकात्मक फार्इल तस्विर

उदयपुर, वैशाख ३ । उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हाे ।

आगलागीबाट दुबै घर जलेर नष्ट हुँदा अन्नपात, लत्ताकपडा तथा भाँडाकुडा र नगदसहित रु २० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

स्थानीयवासी र प्रहरी चौकी लापत्ताबाट गएको प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएका कारण अन्य घरमा भने क्षति हुन पाएन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आगलागीबाट दुई घर नष्ट, बीस लाख बराबरको क्षति"

Leave a comment