पहिलो रोहिंग्या शरणार्थी परिवार म्यानमार फिर्ता

म्यानमारको रखाइन राज्यबाट विस्थापित भई बङ्गलादेश गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमारले जनाएको छ । संयुक्त राष्ट्संघले रोहिंग्या शरणर्थीहरु म्यानमार फिर्ता आउनु अझै खतरनाक भएको भनिरहेको अवस्थामा पहिलो शरणर्थी परिवार म्यानमार गएको बताइएको छ ।

पहिलो पाँच सदस्यको परिवार रखाइन फिर्ती शिविरमा पुगेको बताइएको छ । रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष ठूलो संख्यामा त्यहाँका कयौँ नागरिक बङ्गलादेश पुगेका थिए ।

हाल बंगलादेशमा करिब सात लाख जति रोहिंग्या शरणार्थी रहेको बताइएको छ ।

म्यानमार र बांग्लादेशबीच भएको महिनौं लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंग्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति केही समय पहिले गरेका थिए । तर राष्ट्रसंघले भने सुरक्षाको स्थिति देखाउँदै अझै म्यानमारमा शरणर्थी फर्किने अवस्था नभएको चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले म्यानमारले रोहिंग्याहरुलाई जातिय सफाया गर्न चाहेको भन्दै आरोप लगाउदै आइरहेको छ । तर म्यानमारले उक्त आरोप खण्डन गर्दै त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ ।

म्यानमारले संकट सुरु भएपछिको रोहिंग्याहरुको यो पहिलो समूह आफ्नो घर फिर्ता आएको पुष्टि गरेको छ । म्यानमार सरकारका अनुसार रखाइन प्रान्तमा रोहिंग्या उग्रवादीहरुका विरुद्ध न्यायसंगत अभियान चलिरहेको छ ।

म्यारमारको एउटा अदालतले १० रोहिंग्याको हत्यामा सामिल ७ जना सैनिकहरुलाई जेल सजाय सुनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पहिलो रोहिंग्या शरणार्थी परिवार म्यानमार फिर्ता"

Leave a comment