मातातीर्थ अाैंशीका कारण यी क्षेत्रमा सवारी अावगमन प्रभावित

काठमाडाैं । मातातिर्थ मन्दिरमा लागेको दर्शनार्थीको भीडभाडका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवामगन प्रभावित भएको छ । उपत्यका ट्राफिक प्रहरीका अनुसार मातातीर्थ जाने सवारी साधन गुर्जुधारा र थानकोट स्थित टेलिकम कार्यालय अगाडिबाट अगाडि जान पाउने छैनन् ।

सतुङगलबाट मातातिर्थ जाने ४ पाङग्रे र ठुला सवारी साधन तौथलीसम्म मात्रै जानेछन् । मातातिर्थबाट गुर्जधारातर्फ आउने सवारी साधन भने बेशीगाँउ हुँदै सिप्रदी निस्कने व्यवस्था मिलाइएको छ ।

यस बाहेक उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरु हुँदै उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरले संचालन भैरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मातातीर्थ अाैंशीका कारण यी क्षेत्रमा सवारी अावगमन प्रभावित"

Leave a comment