बोले बिना नै मान्छेको मनको कुरा पढ्नेछ यो कम्प्युटरले

विश्वमा प्रविधिको विकाससँगै विभिन्न आविष्कारहरु भएका छन् । त्यस्तै हालैमा वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर बनाएका छन्, जसले मानिसले बोले बिना नै उसको मनको कुरा भन्न सक्नेछ ।

म्यासाच्यूट इंस्टीट्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिशियल इन्टेलिजेन्सीलाई आधार बनाएर एउटा यस्तो कम्प्युटर इन्टरफेश बनाएको दाबी गरेका छन्, जसले मानिसको मनमा सोचिएका शब्दहरुलाई सुने बिना नै अनुहार पढेर सम्पुर्ण कुरा बताइदिनेछ । यस कम्प्युटर सिस्टममा रहेको खास प्रविधिले तपाईको अनुहारको भाव र मनमा सोचिएका शब्दहरुको प्रतिक्रियालाई बुझेर शब्द सुने बिना नै बताउने गर्दछ ।

यो विशेष डिभाइसका बारेमा यसका निर्माताले बताएअनुसार यसमा जोडिएको इलेक्टेड डिभाइसले व्यक्तिको अनुहार र बंगाराबाट प्राप्त हुने न्यूरोमस्क्यूलर संकेतका माध्यमबाट मनैमनमा बोलिएका शब्दहरुलाई पढ्ने गर्दछ र त्यसलाई सामुन्ने ल्याइदिने गर्दछ । मनमा सोचिएका शब्दहरुलाई बिना बोले उच्चारण गर्नमा मानिसको बंगाराको प्रयोग हुने गर्दछ भन्ने मान्यता रहेको छ । यद्यपी मानिसहरुले आफ्नो आँखाले भने यसलाई देख्न सकिरहेका हुदैनन् ।

तिनै शब्दहरुलाई पढ्का लागि कम्प्युटर सिस्टममा एउटा लगाउने डिभाइस जडान गरिएको हुन्छ । जसका माध्यमबाट शब्दको संकेत मेशिन लर्निङ सिस्टममा पुग्ने गर्दछ । यस सिस्टमलाई शब्दका साथ विशेष संकेतसँग परस्पर जोड्नका लागि प्रशिक्षित गरिएको छ ।

अनुसन्धानकर्ताका अनुसार यसबाट मिलेका परिणाम एकदमै उत्साहजनक रहेके छ र त्यसको प्रतिक्रिया पनि राम्रै मिलिरहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बोले बिना नै मान्छेको मनको कुरा पढ्नेछ यो कम्प्युटरले"

Leave a comment