चौथो हप्तामा पनि ‘शत्रु गते’ हाउसफुल, ‘छक्का पञ्जा’ को रेकर्ड तोड्ने तयारीमा

गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । फिल्मको कमाई हेर्ने हो भने लोभलाग्दो रहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन ।

‘शत्रु गते’ ले यतिबेला ‘छक्का पञ्जा’ ले बनाएको १६ करोडको ब्यापारिक रेकर्ड तोड्ने पक्का जस्तै भएको छ । फिल्मले हालसम्म १० करोड ग्रस कलेक्सन गरिसकेको बताइएको छ ।

फिल्मले चौथो हप्तामा पनि राम्रो कलेक्सन गर्दा यसको फाइदा निर्मातालाई कम हलवालाहरुलाई बढी भएको छ । चौथो हप्तामा फिल्मले गरेको आम्दानीको ३० प्रतिशत मात्र निर्मातालाई शेयर जान्छ भने ७० प्रतिशत हलवालालाई जान्छ । पहिलो हप्ता फिल्मका निर्माता र हललाई ५०÷५० प्रतिशत शेयर जान्छ । दोश्रो हप्तामा निर्माताको भागमा ४३ प्रतिशत मात्र शेयर आउँछ । त्यस्तै तेश्रो हप्तामा चलचित्र चल्दा निर्माताको भागमा ३७ प्रतिशत मात्र पर्न जान्छ ।

यसरी फिल्म लामो हप्तासम्म हाउसफूल भइरहदा ‘शत्रु गते’ को कलेक्सनले निर्मातालाई भन्दा हलवालाई फाइदा भएको देखिन्छ ।

महसञ्चारको ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, पल शाह, दीपकराज गिरी, प्रियंका कार्की, आँचल शर्मा, किरण केसी, रमेश रञ्जन झा लगायतका कलाकाहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "चौथो हप्तामा पनि ‘शत्रु गते’ हाउसफुल, ‘छक्का पञ्जा’ को रेकर्ड तोड्ने तयारीमा"

Leave a comment