आमा बाबुको मृत्यु भएको ४ बर्षपछि जन्मियो यो बच्चा

सायद यो सुन्दा कसैलाई पत्यार नलाग्न सक्छ तर एउटा बच्चा आफ्ना आमाबाबुको मृत्यु भएको चार बर्षपछि जन्मिएको छ । यो घटना चीनको रहेको छ ।

चिनीयाँ मिडियाका अनुसार खासमा ती आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भएको थियो । सन् २०१३ मा मृत्यु भएका ती दम्पत्तीले पहिले नै आफ्नो भ्रुण सुरक्षित राखेका थिए । उनीहरु चाहन्थे कि आइभीएफ प्रविधिका माध्यमबाट उनीहरुको बच्च यस धर्तीमा आओस् । जसबाट चार बर्षपछि सेरोगेट आमाका मार्फतबाट उक्त बच्चाको जन्म भएको हो ।

दुर्घटनापछि दम्पत्तीका आमाबाबुले भ्रुणको प्रयोगका लागि अनुमति लिनका लागि लामो कानुनी लडाई लडेका थिए । दक्षिण एसियाको लाओस देशकी एउटी सेरोगेट आमाले उक्त बच्चालाई जन्म दिएकी हुन् ।

दुर्घटनाको समयमा उक्त भ्रुणलाई नंजिंग अस्पतालमा –१९६ डिग्री तापक्रममा नाइटेजनमा सुरक्षित राखिएको थियो । कानुनी मुद्दा जितेपछि हजुरबा, हजुरआमालाई उक्त बच्चामाथि अधिकार मिलेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आमा बाबुको मृत्यु भएको ४ बर्षपछि जन्मियो यो बच्चा"

Leave a comment