आईपीएलमा नेपाली क्रिकेटर सन्दिप आवद्ध दिल्ली डेयरडेभिल्सले निकाल्याे पहिलो जित, ७ विकेटले विजयी

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सन्दिप लामिछाने आवद्ध दिल्ली डेयरडेभिल्सले पहिलो जित हात पारेको छ । वानखडे स्टेडियममा मुम्बई इण्डियन्सलाई ७ विकेट पराजित गर्दै दिल्लीले आइपीएलमा पहिलो जित दर्ता गराएको हो।
 
नेपाली क्रिकेटर लामिछाने अाबद्द दिल्लीले मुम्बई इण्डियन्समाथि ७ विकेटको रोमाञ्चक जित निकालेको हो । याे मुम्बई इन्डियन्स्काे तेस्रो हार हो ।
 
दिल्लीका लागि जेसल रोयले विस्फोटिङ्ग व्याटिङ्ग गरे। ५३ बल खेलेका उनले ९१ रन बनाएका हुन्।  रोयले ६ चौका  र ६ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आईपीएलमा नेपाली क्रिकेटर सन्दिप आवद्ध दिल्ली डेयरडेभिल्सले निकाल्याे पहिलो जित, ७ विकेटले विजयी"

Leave a comment