हलीउडमा प्रियंका रंगभेदको शिकार, उनका साथ यस्तोसम्म भएको थियो

बलीउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले बलीउडमा मात्र नभई हलीउडमा पनि आफ्नो छाप छोड्न सफल भएकी छिन् । प्रियंकाले हलीउडमा प्रवेश गरेको ३ बर्ष पुरा भइसकेको छ । यसबीचमा प्रियंकाले एउटा यस्तो कुराको खुलासा गरेकी छिन्, जुन एकदमै हैरान गर्ने खालको रहेको छ ।

उनले गत बर्ष हलीउडमा आफू रंगभेदको शिकार भएको खुलासा गरेकी छिन् । इन्स्टाइल डटकमलाई दिइएको अन्तवार्तामा प्रियंकाले आफूलाई केबल रंगका कारण नै फिल्मबाट हटाइएको बताएकी छिन् ।

अन्तवार्ताका क्रममा उनले भनिन्, ‘स्टुडियोबाट कुनै एजेन्टमार्फत मलाई फोन आयो । फोनमा उनी शारिरीक रुपमा ठीक नभएको बताइयो । मैले एजेन्टलाई भने कि, मैले फिगरमा काम गर्नुपर्नेछ वा एब्समा । तब ती एजेन्टले भने कि उनलाई यस्ती अभिनेत्री चाहिएको छ, जसको रंग कालो नहोस् ।’

उनले आफ्नो छालाको रंगको कारणले धेरैवटा हलिउड फिल्म गुमाएको र यसबाट आफू निकै निराश भएको बताएकी छिन् ।

प्रियंका बलीउडकी पहिलो अभिनेत्री हुन्, जसले हलीउडमा काम सुरु गरेकी थिईन् । ‘क्वांटिको’ को दुईवटा सिजनबाट ठूलो सफलता मिलेसँगै उनको यस शो को तेस्रो सिजन पनि टेलिकास्ट हुने क्रममा रहेको छ ।

त्यसो त प्रियंकाले बाल्यकालमा पनि रंगभेदको शिकार हुनु परेको थियो । यसको खुलासा उनी स्वयम्ले केही समयअघि गरेकी थिइन् । पढाईका लागि प्रियंका अमेरिकाको एउटा स्कुलमा भर्ना भएका बेला उनले रंगभेद झेल्नु परेको हो ।

एउटा रियालिटी शोका क्रममा बलीउडकी अर्की अभिनेत्री शिल्पा शेट्टी पनि यस्तो रंगभेदको शिकार भइसकेको छिन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "हलीउडमा प्रियंका रंगभेदको शिकार, उनका साथ यस्तोसम्म भएको थियो"

Leave a comment