करोडौँमा बिक्छ यो प्रजातिको एउटा गाई, यति धेरै दिन्छ दुध

नेपालमा पाइने सामान्य गाईको मूल्य कति होला? २० हजार ५० हजार वा १ लाख । तर एउटा यस्तो गाईको प्रजाति पनि रहेको छ, जसको मूल्य सुनेर जोकोही मानिसहरुको पनि होस् उड्न सक्छ । यो गाई हजारौँ वा लाखौँमा हैन करोडौँमा बिक्ने गर्दछ । र यसको कारण पनि एकदमै रोचक रहेको छ ।

एउटा गाईले सामान्य रुपमा २ लिटर, ४ लिटर वा बढीमा १० देखि २० लिटरसम्म दुध दिनसक्छ । तर हामीले जुन प्रजातिको गाईको कुरा गरिरहेका छौँ, त्यो गाई त दुध दिने मेशिन समान रहेको छ । यो गाईले ९ हजार ७०० लिटर दुध दिने गर्दछ ।

यस गाईको दुध अधिक फाइदाजनक मानिन्छ । त्यसैले डाक्टरहरु यस गाईको दुधलाई बच्चादेखि वृद्धसम्मका मानिसहरुलाई पिउनका सल्लाह दिने गर्दछन् । तर गाईले तुलनात्मक रुपमा भैसीको भन्दा कम दुध दिने गर्दछ । यस गाईको दुधको माग पनि अधिक मात्रामा हुने गर्दछ ।

अमेरिकामा पाइने यो गाई एउटा यस्तो प्रजाति हो, जसले ९ हजार ७०० लिटर दुध दिने गर्दछ । यो सुन्दा जोकोहीलाई पनि पत्यार नलाग्न सक्छ तर यो सँचो कुरा हो । यो गाईले आफ्नो एक सीजनमा यति मात्रामा दुध दिने गर्दछ ।

उत्तरी अमेरिकामा पाइने यस गाईको नाम ईस्टसाइड लेविसडेल गोल्ड मिस्सी रहेको छ । यस प्रजातिका गाईको संख्या एकदमै कम रहेको छ । एक रिपोर्टका अनुसार यस गाईले सबैभन्दा बढी दुध दिने हुदाँ यसको मूल्य पनि अधिक रहेको छ । रिपोर्टका अनुसार यस गाईको मूल्य ४० करोड रुपैयाँ बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "करोडौँमा बिक्छ यो प्रजातिको एउटा गाई, यति धेरै दिन्छ दुध"

Leave a comment