बोक्सी काण्डमा भोलेबाबाकी सहयोगी किस्मती कारागारबाट परिक्षा दिँदै

काठमाडौं । फागुन २४ गते घोडाघोडी नगरपालीका ५ देउकलीयामा स्थानीय १८ बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीकी सहयोगी किस्मती चौधरी कैलाली कारागारबाट माध्यमिक शिक्षा परिक्षामा सहभागि भएकी छन् ।

घोडाघोडी नगरपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै आएकी किस्मती चौधरी राधाको कुटपिटका संलग्न रहेको भन्दै प्रहरीले मुद्धा दायर गरेको छ ।

उनले जिल्ला कारागारबाट परिक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए । “कारागारमा अन्य एक जना परिक्षार्थी छन् उनलाई पनि त्यहि राखियो” प्रहरी उपरिक्षक घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बोक्सी काण्डमा भोलेबाबाकी सहयोगी किस्मती कारागारबाट परिक्षा दिँदै"

Leave a comment