सुन्धाराको रेष्टुरेन्टमा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौंको सुन्धारास्थित शालीमार  हाेटलकाे भवनमा रहेकाे गुलाब रेष्टुरेन्टमा आगलागी भएको छ ।

काठमाडौं महानगर पालीकाभन्दा पछाडि रहेकाे रेष्टुरेन्टमा केही बेरअघिबाट आगाे लागेकाे हो ।

प्रहरीले विद्युत्त सट भएर अागलागी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान गरेकाे छ ।

उपत्यकाका सबै दमकलहरुबाट आगो निभाउने प्रयासका लागि जारी रहेको प्रहरीले जानकारी दिएको छ । अागलागीबाट रेष्टुरेन्टमा  काम गर्ने केही घाइते भएकाे प्रहरीले नेपाल जर्नललार्इ जानकारी दिएकाे छ ।

रेष्टुरेन्टकाे अण्डरग्राउण्डबाट अागाे सल्किएकाे बताइएकाे छ । साे बाटाे भएर गुड्ने सवारीसाधन समेत प्रभावित भएकाे छ ।

 

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सुन्धाराको रेष्टुरेन्टमा आगलागी, आगो निभाउने प्रयास जारी"

Leave a comment