कहिले साडी लगाएर त कहिले तान्त्रिक बनेर संसदमा गइरहेका छन् यि नेता, यस्तो छ कारण

संसदमा जादा नेताहरुले सभ्य भएर सकेसम्म आफ्नो राष्ट्यि पोसाकमा कि त अन्य राम्रा खालका सुहाउदा कपडा लगाएर जाने गर्दछन् । तर एकजना नेता यस्तो अवस्थामा संसदमा जाने गरेका छन्, जुन देख्दा जोकोहीको पनि हाँसोको फोहोरा उठ्ने गर्दछ । उनको अनौठो भेषभुषाका कारण उनलाई नचिन्ने मानिसहरु यि व्यक्ति यहाँ के गरिरहेका छन् भन्ने सोच्न बाध्य हुने गर्दछन् ।

सोमबार भएको संसद हंगामामा एउटा अर्काे अनौठो दृश्य देख्न मिलिरहेको थियो । र त्यो थियो टीडीपीका सांसद् एन शिवप्रसादको नयाँ अवतार । उनी साडी लगाएर संसदमा पुगेका थिए । उनी संसदको बजेट सत्रमा हरेक दिन अलग अलग रुपमा देखिएका थिए ।

केन्द्रीय सरकारको विरोधका लागि उनले यस्तो अनौठो तरिका अपनाएको बताइएको छ । सोमबार उनी तेलुगू महिलाको पोशाक लगाएर संसदमा पुगेका थिए ।

आन्ध्र प्रदेशलाई विशेष राज्यको दर्जा नदिएका कारण उनी एकदमै रिसाएका थिए । यस तस्बिरमा उनी स्कूले बच्चा बनेर संसदमा पुगेका थिए । नेता बन्नुभन्दा पहिले शिवप्रसाद एउटा अभिनेता पनि रहेका थिए ।

आन्ध्र प्रदेशलाई विशेष राज्यको दर्जा दिनुपर्ने माग गर्दै उनी वजेट सत्रमा अलग अलग रुप धारण गरेर गइरहेका छन् । उनी आफ्नो अनौठो पहिरनका कारण प्रायः चर्चामा नै रहने गरेका छन् । एकदिन उनी तान्त्रिक बनेर संसदको विरोध गर्नका लागि पुगेका थिए ।

उनले विरोधका लागि यस्तो अनौठो रुप धारण गरेको पहिलो पटक भने होइन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "कहिले साडी लगाएर त कहिले तान्त्रिक बनेर संसदमा गइरहेका छन् यि नेता, यस्तो छ कारण"

Leave a comment