पूर्व पश्चिम राजमार्गकाे कैलाली आमखैया जंगल नजिक बस दुर्घटना,१७ घाइते

भानुभक्त अाचार्य । धनगढी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाका १० आमखैया जंगल नजिक मंगलबार बेलुकी करिब ६.३० बस दुर्घटना हुदा १७ जना घाईते भएका छन् ।

घाईतेहरुको सुख्खड स्थीत घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ । महेन्द्रनगरबाट बिरगञ्जका लागि छुटेको ना ४ ख ५३३७ नम्बरको यात्रुबाहक बस तिब्रगतिमा रहेका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरिक्षक कर्ण सिंह कार्कीले जानकारी दिए । प्रहरीका अनुसार घाईते मध्ये ५ जनाको अबस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "पूर्व पश्चिम राजमार्गकाे कैलाली आमखैया जंगल नजिक बस दुर्घटना,१७ घाइते"

Leave a comment