मेयर चौधरीकाे दायाँ मिर्गौला नजिकै गोली भेटियो

काठमाडौं । सोमबार राति अज्ञात समूहको आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको दायाँ तर्फको मिर्गौला नजिकै गोली भेटिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारमा रहेका चौधरीको अप्रेसन गरेर गोली निकाल्ने तयारी भइरहेको अस्पतालमै रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष कमल रानाले जानकारी दिए ।

चिकित्सकलाई उद्धृत गर्दै नगरप्रमुख चौधरी खतरामुक्त रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेयर चौधरीकाे दायाँ मिर्गौला नजिकै गोली भेटियो"

Leave a comment