४ बर्षीय छोराले बन्दुक चलाउँदा यसरी लाग्याे अामालार्इ गाेली

एउटा उच्च प्रोफाइल भएकी बन्दुक पारखी एक महिलालाई आफ्नै ४ बर्षीय छोराले पछाडिबाट गोली हान्दा मृत्यु भएकाे छ । उसले उक्त बन्दुक आफ्नी आमाको गाडीको पछाडि सीटमा राखिरहेको अवस्थामा फेला पारेका थिए ।

३१ बर्षीय जेमी गिल्ट फ्लोरिडाको पुटनम काउन्टीमा आफ्नो छोराका साथ ड्राइभिङ गरिरहेकी थिईन् । उनी जब सामाजिक सञ्जालमा आग्नेयशास्त्रका बारेमा ट्रक चलाउदै पोस्ट गरिरहेकी थिईन् तब उनका छोराले बन्दुक उठाए र उनको ढाडमा गोली चलाए ।

यो घटना हुनुभन्दा एक दिन पहिले जेमीले आफ्नो पेजमा युवा वर्गहरुलाई सबैले सुटिङभन्दा पहिले बन्दुक सम्बन्धी कानुनमा दोस्रो संशोधनका लागि एकजुट हुनका लागि भनेकी थिईन् । आफ्नो पेजको प्रोफाइलमा जेमी गिल्टले लेखेकी थिईन्, ‘यहाँसम्म कि, मेरो ४ बर्षको छोरा पनि २२ का साथ सुट गर्नका लागि तयार हुने गर्दछ ।’

उनी कथित रुपमा मान्दै आइरहेकी थिईन् कि, आफ्नो परिवारलाई धम्की दिने जोकोहीलाई पनि मार्ने अधिकार हुन्छ र उसका वंशजलाई पनि त्यहीँ मानसिकता सिकाउने योजना रहेको छ । खबरका अनुसार जेमी सुटिङका सिलसिलामा आफ्ना आफन्तकहाँबाट घोडा लिनका लागि गएकी थिईन् । ट्रकको सीटबाट ओर्लिनुभन्दा पहिले नै उनलाई गोली हानिसकिएको थियो र उनी घाइते भएकी थिईन् ।

उनले आफूलाई आफ्नो सानो छोराद्धारा पछाडिबाट गोली हानिएको कुरा त्यहाँका अधिकारीहरुलाई बताइन् । यसको २४ घण्टा पहिले मात्र उनले सामाजिक सञ्जालमा आफ्नो छोराको सुटिङ क्षमताका बारेमा प्रशंसा गर्दे उनको बारेमा बताएकी थिईन् ।

उनका ४ बर्षीय छोराले ट्रकको पछाडिको सीटबाट गोली भरिएको ४५ सेमी अटोमेटिक ह्यान्डगन उठाएर आफ्नो आमालाई लक्षित गरे र ट्रिगर दबाए । उक्त शक्तिशाली गोली अगाडिको सीटबाट जेमीको शरिर हुदैँ बाहिरसम्म पुगेको थियो ।

अधिकारीहरुका अनुसार गोली ट्कको भित्रबाट चलाइएको थियो । जसका कारणले बाहिर त्यति क्षति हुन पाएन ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "४ बर्षीय छोराले बन्दुक चलाउँदा यसरी लाग्याे अामालार्इ गाेली"

Leave a comment