मेयर चौधरीको काठमाडाैंको टिचिङ अस्पतालमा उपचार हुँदै (फोटो फिचर)

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । नेपालगंज मेडिकल कलेजमा उपचार पछि थप उपचारकालागि उनलाई हेलीकप्टर मार्फत काठमाडौं लगिएको हो । अहिले उनको काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । मेयर चौधरीको अवस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

टाउको लागेको चोट कति गम्भीर छ या छैन भन्ने बिषयमा भने केहीबेर पछि हुने उपचारमा संगै रहेका कमल रानाले बताए । उनले सिटिस्क्यानकाे रिर्पाेट आउन बाँकी रहेकाे बताए ।

चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल परिषरमा नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको घुइँचो छ । प्रतिनिधि सभा सदस्य नारद मुनी राना, दामोदर भण्डारी नेकपा एमाले प्रदेश नम्बर ७ का उप संयोजक कर्ण थापा लगाएतका ब्यक्तिहरु अस्पताल पुगेका छन् ।

त्यस्तै नगरपालिका प्रमख ममता प्रसाद चौधरीमाथि भएको आक्रमणको बिरोध तथा दोशीलाइ कडा कारबाही गर्नुपर्ने भन्दै युवा संघ नेपाल घोडाघोडी कमिटिले आह्वान गरेको अनिश्चितकालिन घोडाघोडी बन्द फिर्ता लिएको छ ।

नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आउँदै गएको र आक्रमणमा संलग्न रहेको भन्दै तीन जना पक्राउ परेकाले अब कानुनी बाटो अंगाल्ने भन्दै बन्द फिर्ता लिएको युवा संघ नेपाल घोडाघोडी नगरपालिका कमिटिका संयोजक टेकराज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेयर चौधरीको काठमाडाैंको टिचिङ अस्पतालमा उपचार हुँदै (फोटो फिचर)"

Leave a comment