सगरमाथाकाे भूमिमा विमान दुर्घटनाले बिछडिएका परिवार

काठमाडाैँ । महिनौँ दिनसम्मको अफिस र घरको कामबाट दिक्दार भएका उनीहरुले विदेशका विभिन्न ठाउँहरुमा छुट्टी मनाउन जाने योजना बनाए । साथिहरुको सल्लाहमा उनीहरुले जुन गन्तव्य छाने त्यो नेपाल थियो ।

सन्जिदा हुक र उनका पति रफीकज जमान दुवैले यो यात्रा आफ्नो ७ बर्षीय छोरा अनिरुद्धका लागि सुखद उपहार हुने सोचे । उनीहरुको जोडीलाई आफू कार्यरत अफिसबाट पनि केही दिनका लागि छुट्टी मिल्यो र योजना अनुसार उनीहरु ढाकाको हजरत शाहजलाल अन्तराष्ट्यि विमानस्थलमा एउटा यूएस बंगला विमानमा सवार भए ।

तर यो उनीहरुको परिवारको एकसाथको अन्तिम उडान हुन पुग्यो । विमानमा ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रुहरु सवार रहेका थिए । विमान उडेको केही घण्टामा नै काठमाडौँको त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा दुर्घटना हुन पुग्यो र ठाउँको ठाउँ ४९ जना मानिसहरुले ज्यान गुमाउन पुगे ।

सुशाशोनर जोन्नो नागोरिक (शुजन) को एउटा नागरिक समाज मंचका सचिव बैदुल अलाम मजूमदारले भने, हामीलाई काठमाडौ हस्पिटलमा पीडितहरुको सूचीबाट थाहा भएको छ कि, संजीदा, उनका पति र उनको छोरा अब यस संसारमा रहेनछन् ।

बैदुलले द डेलीस्टारलाई बताए कि, संजीदा बंगलादेशको जोसोरकी नागरिक रहेकी थिईन् र उनले यस ट्रीपका लागि ३ दिनको छुट्टी लिएकी थिइन् । उनले भने, ‘संजीदा एकदमै मिहेनती कर्मचारी थिईन् । उनी यस ट्रीपमा जाउन भन्ने कुरा म पनि चाहन्थे । उनले मलाई आफ्नो छुट्टीबाट अफिसलाई कुनै समस्या त पर्देन भनेर सोधेकी पनि थिईन् । हाल मसँग आफ्नो भावनाको वर्णन गर्नका लागि कुनै शब्द नै छैन ।’

काममा ३ बर्ष बिताएको अवसरमा राजशाही यूनिभर्सिटी अफ इन्जिनियरिङ्ग टेक्नोलोजीका कम्प्युटर साइन्स तथा इन्जिनियरिङ्गको एकजना हसी नाम गरेकी शिक्षिकले हालैमा १५ दिनका लागि छुट्टी लिएकी थिईन् । उनी र सेफ्लो बंगलादेश लिमिटेडमा कार्यरत उनका पति रकीबुल हसनले पनि आफ्नो छुट्टीका लागि काठमाडौँ घुम्ने निर्णग गरेका थिए ।

तर उनीहरुको छुट्टी पनि एउटा दुखद घटना र वियोग हुन पुग्यो । रकीबुलको दुर्घटनामा मृत्यु भयो भने घाइते भएकी हसीको अवस्था गम्भीर रहेको छ ।

हिजो विमान उड्नुभन्दा पहिले अर्का एक पीडित पीएस रोयले ढाका विमानस्थल भित्र सेल्फी लिएर फेसबुकमा एउटा स्टाटस हालेका थिए । जसमा उनले लेखेका थिए, ‘५ दिनका लागि टाटा मेरो देश । एभरेस्टको भुमिमा हिडियो ।’ उनी गोपालगञ्जमा रहेको शेख शायरा खातुन मेडिकल कलेज तथा हस्पिटलका पूर्व छात्र रहेका थिए । जसको पनि उक्त दुर्घटनामा मृत्यु भयो ।

विमानकी अर्की यात्री रहेकी थिईन् अलमून नाहर एनी । उनले पहिलोपटक आफ्नी ३ बर्षीय छोरी तामार्रा प्रिओन्मोयीलाई घुमाउनका लागि देश बाहिर लिएर हिडेकी थिईन् । उनीहरुका साथमा एनीका पति, देबर र उनकी श्रीमती पनि सवार थिए । यद्यपी उनीहरु सबै बाँचे तर ती ३ बर्षीया छोरीको भने दुर्घटनामा मृत्यु भयो ।

योजना आयेगका जनरल इकोनोमिक्स डिभिजन (जीईडी) का दुईजना वरिष्ठ सहायक सचिव नाजिया अफरीन चौधरी र उम्मी सल्मा पनि पर्यावरण सम्बन्धि मुद्धामा आधारित एक सम्मेलनमा सामिल हुनका लागि उक्त विमानमा यात्रा गरिरहेका थिए । तर उनीहरुको नाम बाँचेका मानिसहरुको सूचीमा पनि नभएको र उनीहरुको अवस्थाबारे पनि जानकारी नभएको डेलीस्टारमा उल्लेख गरिएको छ ।

 (द डेलीस्टार डटकमकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "सगरमाथाकाे भूमिमा विमान दुर्घटनाले बिछडिएका परिवार"

Leave a comment