बंगलादेशका यी दुई मन्त्री नेपाल आउँदै

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले दुई जना मन्त्रीलाई नेपाल पठाउँदैछिन । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने जानकारी परराष्ट मन्त्रालयले दिएको छ ।
उनीहरू सोमबार भएको यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन । बिमान बंगलादेशले नेपालको एअर ट्राफिकको गलत निर्देशनले दुर्घटना भएको आरोप लगाएको छ भने बंगलादेश सरकारले दुर्घटनाको बारेमा केही बोलेको छैन ।

यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बंगलादेशका यी दुई मन्त्री नेपाल आउँदै"

Leave a comment