राष्ट्र बैंकको मध्यस्थतामा बैंकर्स संघ र एनआईसी बैंकको विवाद साम्य

एनआईसीले फिर्ता लियो दुई योजना
नेपाल राष्ट्र बैंकको मध्यस्थतामा ब्याजदरका बिषयमा उत्पन्न बैंकर्स संघ र एनआईसी बैंक (NICA) बीचको विवाद साम्य भएको छ । एनआईसी एशिया बैंकले बचत र मुद्धती खातामा ब्याजदर बढाएर संचालनमा ल्याएका योजना बन्द गर्ने सहमति पश्चात विवाद मिलेको हो ।

एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने एक वर्षे धनवर्षा मुद्दती खाता र बचतमा १० प्रतिशत व्याजदर प्रदान गर्ने समुन्नती प्लस बचत शुक्रबारदेखि बन्द गर्ने भएको छ । अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ ।

‘बैंक पनि साथी पनि’ भन्ने नाराका साथ अघि बढेको यस बैंकले मिति २०७४/११/११ देखि ‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नति प्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) योजना सञ्चालनमा ल्याएकोमा उक्त योजनाहरुले आम जनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएता पनि विगत केहि दिन यता नेपाल बैंकर्स संघ र यस बैंक विच ब्याजदर सम्बन्धी विविध विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने आम धारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरका विच वर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्न बमोजिम गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं,” बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

एनआईसी एशियाले मुद्दती निक्षेप र बचतको ब्याजदर बढाएपछि बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार बन्द गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "राष्ट्र बैंकको मध्यस्थतामा बैंकर्स संघ र एनआईसी बैंकको विवाद साम्य"

Leave a comment