आदित्य नारायणले अटोलाई ठक्कर दिदाँ २ जना घाइते

नेपाल तथा भारतका चर्चित गायक उदित नारायणका छोरा आदित्य नारायणकाे मर्सिडिज कारले मुम्बईको अंधेरीमा एउटा अटो रिक्सालाई ठक्कर दिएको छ । कारको ठक्करबाट अटो चालक र त्यसमा सवार एकजना महिला घाइते भएका छन् ।

आदित्यले ट्राफिक नियमलाई बेवास्ता गर्दे गाडी चलाएकाले उक्त दुर्घटना हुन पुगेको बताइएको छ । प्रहरीले आदित्यको मेडिकल टेस्ट पनि गराएका थिए । आइतबार दिउँसोको यस घटनाको सिलसिलामा आदित्यका विरुद्ध लापरवाहीको मुद्धा दर्ता गराएर उनलाई गिरफ्तार गरिएको थियो । पछि १० हजार रुपैयाँको जमानतमा उनलाई परिवारका सदस्यहरुले छुट्टाएका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार अटो ड्राइभरको टाउकोमा चोट लागेको छ । हाल उनको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । अटोमा सवार महिलाको भने खुट्टा फ्याक्चर भएको छ ।

तीव्र गतिमा गाडी चलाइरहेका आदित्यले अटोको पछाडि ठक्कर मारेका थिए । ३० बर्षीय आदित्य गत बर्ष पनि एयरलाइन्सका कर्मचारीलाई धम्की दिएका कारण चर्चाका आएका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "आदित्य नारायणले अटोलाई ठक्कर दिदाँ २ जना घाइते"

Leave a comment