गोली प्रहारबाट घाइते मेयरलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो (फोटो फिचर)

कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीलार्इ थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

नेपालगञ्जबाट थप उपचारको लागि उनलाइ केही बेर अघि काठमाडौ लगिएको हो । मेयर चौधरीको खुट्टामा लागेको गोलि निकाल्न समस्या भएपछि उपचारमा संलग्न चिकित्सकको सुझावका आधारमा काठमाडैं लगिएको हो ।

मेयर चौधरीलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार गराइने बताएको छ । गएराति घरमै बसिरहेको बेला दुई मोटरसाईकलमा आएका अज्ञात ब्यक्तिहरुद्वारा चौधरीमाथि गोली तथा खुकुरी प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "गोली प्रहारबाट घाइते मेयरलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो (फोटो फिचर)"

Leave a comment