मेयरको स्वास्थ्य अवस्थामा सुधार, भिडियो सहित

कैलाली । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको छ । सोमबार रातीको आठ बजेर १० मिनेटतिर समयमा घरमै बसीरहेको बेला दुई मोटरसाईकलमा आएका चार जनाले चौधरीमाथि गोली प्रहार गरेका थिए ।

सुखड प्रहरी कार्यालयका अनुसार अज्ञात समुहले नगर प्रमुख चौधरीको कम्मर मुनि गोली र टाउकोमा खुकुरी प्रहार गरेका थिए । उनलाई घोडाघोडी अस्पतालमा प्राथमिक उपचार गरेपछि कोहलपुर अस्पतालमा रिफर गरिएको थियो । मेयर चौधरीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

चौधरीमाथि प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ ।

सो मोटरसाईकलमा आक्रमणकारी आएको आशंका गरिएको छ । नगर प्रमुख चौधरीले गुहार मागेको सुनेर चौधरीको घरभन्दा करिब ३० मिटर दुरीमा रहेको रामबहादुर महरा सहितका स्थानिय लगत्तै घटना स्थल पुगेका थिए । स्थानिय पुगेपछि आक्रमणकारी भागेको बताइएको छ ।

महराले नै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएको थियो । गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुव्र्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि उनी विवादित बनेका थिए ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेयरको स्वास्थ्य अवस्थामा सुधार, भिडियो सहित"

Leave a comment