मेयरलार्इ गोली र खुकुरी प्रहारकाे अाराेपमा विप्लवका ३ कार्यकर्ता पक्राउ

कैलाली । भानुभक्त अाचार्य । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी माथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय धनगढीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलिले संकास्पत ३ जनालार्इ पक्राउ गरेकाे हाे ।

सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा विप्लव नेतृत्वका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए । प्रहरी टोलिले घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मेयरलार्इ गोली र खुकुरी प्रहारकाे अाराेपमा विप्लवका ३ कार्यकर्ता पक्राउ"

Leave a comment