बच्चाले घर लिएर आए बाटोमा हिडिरहेको सुँगुर, हाल यस्तो छ उनीहरुको जीवन

व्रिटेनमा एउटा परिवारले एउटा सुँगुरलाई कुकुर र बिरालोलाई जस्तै गरेर पालेका छन् । लेमन परिवारका बच्चाले एक दिन बाटोमा हिडिरहेको सुँगुरलाई समातेर घरमा ल्याए । बच्चाहरुलाई सुँगुरको व्यवहार यति धेरै मन पर्यो कि उनीहरुले त्यसलाई आफूसँगै राखे ।

हाल बच्चाहरुलाई सुँगुरसँग यति धेरै लगाव रहेको छ कि, अब खाना खाने समयमा यो सुँगुर पनि उनीहरुको साथमा नै डाइनिङ टेबलमा नै बसेर खाना खाने गर्दछ ।

भनिन्छ, कुकुर मानिसका लागि सबैभन्दा बफादार जनावर हुने गर्दछ । तर यो सुँगुरलाई देखेर यो पनि कुनै कुकुरभन्दा कम छैन भन्ने महसुस हुन्छ । लेमन परिवारमा ४ जना बच्चाहरु रहेका छन्, जेम्स, डगलस, जर्जिना र सोफी । यो सुँगुर यि बच्चाहरु बिना खाना नै खादैन ।

लेमन परिवारका अनुसार उनीहरु यसलाई कुकुर त्यसैले पनि मान्दछन् किनकि यसको कयौँ व्यवहार एकदमै चकित पार्ने खालको रहेको छ । एक पटक सिकाएपछि यो अहिले ट्वाइलेट गर्न पनि बाहिर नै जाने गर्दछ । यो देखेर जोकोही मानिसहरु पनि हैरान हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "बच्चाले घर लिएर आए बाटोमा हिडिरहेको सुँगुर, हाल यस्तो छ उनीहरुको जीवन"

Leave a comment