जब पुटिनले यात्रु बिमान खसाल्ने आदेश दिए

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक डकुमेन्ट्री फिल्ममा भनेका छन् कि, उनले एक यात्री विमान खसाल्ने आदेश दिएका थिए । किनकी उनलाई खबर थियो कि, विमानमा बम छ र २०१४ को सोची शीतकालीन ओलम्पिकमा आक्रमण हुँदैछ भनेर ।

यो दुई घन्टाको डकुमेन्ट्रीलाई अनलाइन रिजिल गरिएको छ । डकुमेन्ट्रीमा राष्ट्रपति पुटिन भन्छन्, ‘खेलहरु सुरु हुनु अघि नै उनलाई थाहा भयो कि, युक्रेनबाट टर्की जान लागेको विमान हाइज्याक भएको छ । तर यो खबर गलत थियो र जहाजलाई खसालिएन ।’

यो डकुमेन्ट्री तब आयो जब १८ मार्च त्यहाँ रुसमा चुनाव रहेको छ र पुटिनको जित्ने सम्भावना राम्रो छ । पुटिनविरुद्ध सात उम्मेदवारहरुले चुनौती पेश गरेका छन् । तर कसैलाई पनि बलियो समर्थन पाउने आशा छैन । मुख्य विपक्षी नेता एलेक्सी नेवलनीलाई चुनाव लड्नका लागि नै प्रतिवन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले फिल्ममा भनेका छन्, ‘मलाई बताइएको थियो कि, युक्रेनबाट इस्तांबुल जान लागेको एउटा हवाईजहाजलाई हाइज्याक गरिएको छ र हाइज्याकसद्धारा त्यसलाई सोचीमा नै अवतरण गराउनका लागि भनिएको थियो ।’

रिपोर्टर एन्ड्रे कंद्राशोवका अनुसार टर्किस पेगेसस एयरलाइन्स बोइङ ७३७–८०० विमान, जुन हर्किवबाट ११० यात्रुलाई लिएर इस्तानबुल जाँदै थियो । त्यसका पाइलटले बताए कि, एक यात्रुसँग बम रहेको थियो र उनले विमानलाई सोचीमा अवतरण गर्नका लागि भनेका थिए ।

डकुमेन्ट्रीमा पुटिन भन्छन्, सुरक्षा अधिकारीहरुले भने कि, यस्तो स्थितिमा प्रक्रियाका हिसावले हवाई जहाजलाई खराल्नु नै ठीक हुन्छ । मैले उनलाई पनि प्रक्रियाको हिसाबले नै गर्नका लागि भने ।

तर केही मिनेटमै उनलाई अर्काे फोन आयो जसबाट उक्त खबर गलत भएको थाहा हुन्छ । यसको केही बेरपछि नै आफू सोचीमा ओलम्पिक समारोहमा पुगेको पुटिनले बताएका छन् ।

रोयटर्सका अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्रि पेस्कोवले पुटिनको दाबी पुष्टि गरेका छन् ।

यस डकुमेन्ट्रीको पहिलो भाग सामाजिक सञ्जालमा पोस्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब पुटिनले यात्रु बिमान खसाल्ने आदेश दिए"

Leave a comment