मरेका मानिसको सम्झनामा ३ दिनसम्म नाचगान गर्दै खुसी मनाउछन् यहाँका मानिसहरु

कोही मान्छेको मृत्यु हुन्छ वा उसले यो धर्ती छोडेर जान्छ भने उसका आफन्तहरु एकदमै दुखी हुने गर्दछन् । उसको सम्झनामा आफन्त र परिवारजनहरुले शोकसभा वा हरेक वर्ष मरेका मानिसको सम्झनामा पुजा तथा श्राद्ध गर्ने गर्दछन् । तर विश्वमा एउटा यस्तो देश पनि रहेको छ, जहाँ आफ्ना पूर्वजहरुलाई सम्झिएर हरेक वर्ष चाड नै मनाउने गरिन्छ ।

तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर जापानमा हरेक बर्ष मरेका मानिसहरुको सम्झनामा खुसीयालीका साथ एउटा चाड नै मनाउने गरिन्छ । जसलाई जापनी भाषामा ‘ओ–बोन’ भनिन्छ । यो त्यहाँको एउटा महत्वपूर्ण परम्पराका रुपमा रहेको छ ।

 

ओ–बोनको पर्व ३ दिनसम्म मनाइने गरिन्छ । यद्यपी यसको सुरुवातको तारिख भने जापानको विभिन्न क्षेत्रमा भिन्न भिन्नै हुने गर्दछ । यस दिन त्यहाँका मानिसहरु आफ्नो पूर्वजको घर वा गाउँ जाने गर्दछन् ।

ओ–बोनको पहिलो दिन मानिसहरु आफ्नो पुरै घर सफा गर्छन् र आफ्नो पूर्वजको चिहानमा गएर फूल चढाउने गर्दछन् । यसको पछाडि उनीहरुको मान्यता रहेको छ कि, यस धर्तीबाट गएपछि मरेका पूर्वजहरु बर्षमा एकदिन मिलाएर आफ्ना परिवारजन र साथिभाईहरुसँग भेट्नका लागि आउने गर्दछन् ।

मानिसहरु आफ्नो घरको बाहिर लालटिन झुन्ड्याएर राख्ने गर्दछन् । ताकि उनीहरुको पूर्वजलाई घरसम्म आउनका लागि कुनै पनि प्रकारका समस्या नहोस् । विभिन्न प्रकारका मिठाई र पकवान पकाएर पारम्परिक ओ बोन नृत्य (जसलाई जापानी भाषामा बोन ओडारी भनिन्छ) गर्ने गरिन्छ ।

चाडको अन्तिम दिन परिवारजनहरु आफ्नो पूर्वजलाई उनीहरुकै दुनियाँमा फिर्ता पठाउनका लागि सहायता गर्ने गर्दछन् । सबै मानिसहरु मिलेर उनीहरुको नामको दियो बालेर नदीमा बगाउने गर्दछन् । यस प्रकृयालाई ‘ओकिरी बोन’ भनिन्छ । उनको पूर्वजहरु यो सबै देखेर खुसी भई आफूहरुलाई आशिर्वाद दिन्छन् भन्ने मान्यता जापनका मानिसहरुमा रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "मरेका मानिसको सम्झनामा ३ दिनसम्म नाचगान गर्दै खुसी मनाउछन् यहाँका मानिसहरु"

Leave a comment