जब डाक्टरले सिरानीको ठाउँमा राखिदिए युवकको काटिएको खुट्टा

भारतको उत्तर प्रदेशको झाँसीमा एकजना घाइते युवकलाई काटिएको खुट्टाको सिरानी हालिदिएको कुरा चर्चामा रहेको छ । त्यहाँका डाक्टरले घाइते युवकलाई उसैको काटिएको खुट्टा नै सिरानी बनाएर हालिदिएका छन् । डाक्टरको यस करतुतका कारण त्यो अवस्था देख्ने हरेक मानिसहरु हैरान भएका छन् । मेडिकल कलेजले यस मामलामा जाँच गर्नका लागि आदेश दिएको छ ।

खासमा शनिबार झाँसीको मऊरानीपुर थाना क्षेत्रमा एक युवकलाई मेडिकल कलेजमा भर्ना गराइएको थियो । सडक दुर्घटनामा घाइते भएका युवकको हालत एकदमै खराब रहेको थियो । जसका कारण डाक्टरहरुले उसको बाँया खुट्टा नै काट्नुपर्यो ।

घाइते रहेको उसको बाँया खुट्टाको तल डाक्टरले तकिया राखिदिए तर टाउको तल सिरानी राख्नका लागि उनीहरुसँग केही पनि थिएन् । तब डाक्टरले युवकको काटिएको खुट्टा नै सिरानी जस्तै गरेर राखिदिए ।

युवक पुरै समय खुट्टाको गन्धका कारण चिन्तित रहेका थिए । उनका परिवारजनहरु पनि आफ्नो छोराका साथ भइरहेको यस बर्बर व्यवहारका कारण विचलित भएका थिए । यो भिडियो भाइरल भएपछि मेडिकल कलेजले यस घटनालाई गम्भीरताका साथै हेर्दै जाँचका लागि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "जब डाक्टरले सिरानीको ठाउँमा राखिदिए युवकको काटिएको खुट्टा"

Leave a comment