विश्वकप छनोटः अफगानिस्तान सामु नेपालले दियो १९५ रनको लक्ष्य

 

आइसिसी विश्वकप छनोटमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ । जिम्बावेको बुलावायो एथलेटिक मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन जाड्यो ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरे। नेपालका लागि सर्वाधिक ७५ रन क्यापटेन पारस खडकाले बनाए । उनले ८२ बलमा १० चौका र १ छक्का प्रहार गरे।

दिपेन्द्र सिंह ऐरीले ३२ रन जोड्दा ज्ञानेन्द्र मल्ल र आरिफ शेखले २३ र२३ रन जोडे । सोमपाल कामी ९ र रोहितकुमार पौडेल १ रनको झिनो स्कोरमा आउट भए। करण केसीले १ छक्का प्रहार गर्दै ६ रनमा आउट भए। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन् भने बसन्त रेग्मीले नटआउट ९ रन जोडे।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। उनले पारस, रोहित, आरिफ र सोमपाललाई आउट गरे। कप्तान रसिद खानले ३ विकेट हात पारे। सापूर जार्डानले २ विकेट लिए। मुजिव उर रहमानले १ विकेट हात पारे।

सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले आज अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "विश्वकप छनोटः अफगानिस्तान सामु नेपालले दियो १९५ रनको लक्ष्य"

Leave a comment