अफगानिस्तान विरुद्ध पारसको अर्धशतक, लिस्ट ए मा आठौ अर्धशतक

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा आफ्नो व्यक्तीगत आठौ अर्धशतक पुरा गरेका छन् । विश्वकप छनौट अन्तर्गत अफगानीस्तानविरुद्ध अर्धशतक बनाउदै नेपाली टोलीका क्यापेटन खड्काले आठौ अर्धशतक बनाएका हुन ।

अफगानीस्तान विरुद्ध अर्धशतक पुरा गर्ने क्रममा ५७ बलको सामाना गर्दे पारसले ७ चौका एक छक्का प्रहार गरेका छन् ।
यसका साथै खड्का लिस्टमा एमा ३१ खेल खेल्दै एक हजार एक सय ७ रन समेत पुर्याएका छन् । यसक्रममा उनले २ शतक र ८ अर्धशतक हिर्काएका छन् । उनको औसत रन ३८ रहेको छ ।

कप्तान पारसले सन् २०१४ मा युएईविरुद्ध लिस्ट ए क्रिकेटमा डेब्यु गरेका थिए ।

सन् २००९ देखि उनी राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग भिडिरहेको नेपालले २१ ओभरको समाप्तीमा एक विकेट गुमाएर ८० रन जोडेको छ । पारस खड्का ५७ बलमा ५३ रन तथा ज्ञानेन्द्र मल्ल ५८ बलमा १९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "अफगानिस्तान विरुद्ध पारसको अर्धशतक, लिस्ट ए मा आठौ अर्धशतक"

Leave a comment